जनस्वास्थ्यको गम्भीर लापरवाही, पोखरामा कोरोनाकालका सिरिञ्जको डंगुर (तस्बिरसहित)

पाेखरा | चैत १४, २०७९

जनस्वास्थ्यको गम्भीर लापरवाही, पोखरामा कोरोनाकालका सिरिञ्जको डंगुर (तस्बिरसहित)

पोखरा:   पोखरा महानगर स्वास्थ्य महाशाखा अन्तरगत रहेको पोखरा महानगरपालिका –८ को शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रले कोरोनाकालमा प्रयोग गरिएका सिरिञ्जहरु जथाभावी फालेको पाइएको छ । 
 

महानरको महाशाखा अन्तरगत शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा कोभिड–१९ विरुद्ध लगाइएका सयौं सुई (सिरिञ्ज) तथा पिसिआर परिक्षण गरिएका किटहरु जथाभावी रुपमा डंगुर बनाएर राखेको पाइएको हो ।  
 

 

कोरोना भाइरसको महामारीको समयमा पोखरा महानगरपालिकाले आफ्नो महाशाखा अन्तरगत विभिन्न वडाका शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा भ्याक्सिन (सुई) लगाउने प्रबन्ध मिलाएको थियो । 

 

सोही समयमा प्रयोग गरिएका सिरिञ्जहरु लगाइएकै स्थानमा डंगुर बनाएर राखिएको एक स्थानीयले सुनगाभा न्यूजसँग बताए । ‘त्यही ठाउँ हो कोरोनाकालमा भ्याक्सिन लगाएको, अहिलेसम्म पनि सुइको डंगुर देखिएको छ, उनले महानगरको स्वास्थ्य महाशाखालाई प्रश्न गरे, ‘यस्तो गम्भीर लापरवाही गर्न हुन्छ, स्वास्थ्य जस्तो संवेदनशील कुरामा ?’

 

पोखरा महानगरपालिका ८ को शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रकै परिसरमा रहेको ट्रष्टभित्र नगण्य मात्रामा सिरिञ्जहरुको डंगुर मात्रै छैन यत्रतत्र छरिएका पनि छन् । यसले सो कार्यालयमा पुग्ने सेवाग्राहीलाईसमेत त्रसित बनाएको छ । सो केन्द्रको मुख्य गेट रहेपनि पछाडीपट्टी खुला रहेकाले लागुऔषधको प्रयोगकर्ताहरुको अखडा हुनेगरेको स्थानीहरुको गुनासो छ ।

 

 

कोरोनाकालको सिरिञ्जको डंगुर भएकौ ट्रसको भित्तमा लेखिएको छ, ‘गाँजा खाने ठाउँ’ । सोही स्थानमा बेलुकीपख लागुऔषध प्रयोगकर्ताहरुको अखडाकै कारण स्थानीयमा त्रास पैदा भएको बताउदै भने ‘दुईवर्ष भइसक्यो अहिलेसम्म पनि फालेको छैन । जहाँको त्यही छ, यसले त वातावरणीय प्रभाव पर्ने भो, स्वास्थ्यमा असर गर्ने देखियो । यस्तको कुरामा पनि किन लापरवाही गरेको होला ।’ 

 

सो डंगुरको विषयमा पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाको सुचना अधिकारी फुलदेव तिम्सिनासँग बुझ्दा अझैपनि कोरोनाकालको सिरिञ्जको डंगुर रहेको स्वीकार गरे  ।
उनले विभिन्न कारणले गर्दा सिरिन्जको व्यवस्थापन गर्न नसकेको जवाफिए । ‘यो स्वास्थ्य कार्यालयको जिम्मामा परेको हो, मेडिकलजन्य फोहोरहरुलाई व्यवस्थापन गर्न भनेको छु, तिम्सिनाले भने, ‘मेडिकल वेस्टले केही दिनमा व्यवस्थापन गर्नेछ ।’

 

उनले सम्बन्धि कार्यालयलाई व्यवस्थापनका लागि खबर गरिसकेको बताए । ‘मैले उहाँहरुलाई खबर गरिसकेको छ । त्यसको छिटै उचित व्यवस्थापन हुन्छ, तिम्सिनाले भने ।’
 

हेरौं थप तस्बिरहरु​:–

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्